हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

जनमोर्चाका सांसद ‘हराएपछि’ गण्डकीको संसद बैठक स्थगित

काठमाडौं । गण्डकी प्रदेश सभाको विशेष अधिवेसन अनिश्चितकालका लागि स्थगित भएको छ।
प्रदेश सभा सचिव हरिराज पोखरेलले सूचना जारी गर्दै प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन्।

Advertisement

राष्ट्रिय जनमोर्चाले आफ्ना सांसद खिमविक्रम शाही अज्ञात भएको र सदनमा उपस्थित हुन नसक्दासम्म संसद बैठक स्थगित गर्न माग गरेको भन्दै पोखरेलले अधिवेसन स्थगित गरेको बताएका छन्।
यसअघि संसद चलिरहेकै अवस्थामा जनमोर्चाका प्रमुख पियारी थापाले संसद सचिवालयमा निवेदन दिँदै बैठक स्थगित गर्न माग गरेकी थिइन्।

Advertisement

प्रदेश सभाको विशेष अधिवेशन दिनभर ‘बेपत्ता’ भएका राष्ट्रिय जनमोर्चाका सांसद भेट्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अस्पताल पुगेका छन्। सदनमा अनुपस्थित भएका शाही कोरोना संक्रमण भएको भन्दै पोखराकै चरक मेमोरियल अस्पताल भर्ना भएर आइसियूमा बसेका छन्।

मुख्यमन्त्री गुरुङ अस्पताल पुगेर सांसद शाहीको स्वास्थ्य अवस्थाका बारेमा अस्पतालका डाक्टरसँग जानकारी दिएको प्रेस संयोजक विक्रम न्यौपानेले बताए। मुख्यमन्त्री गुरुङले कोरोना संक्रमित सांसद शाहीको स्वास्थ्यलाभको कामना गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)