हल्दिवारि गाउँपालिकामा कार्यरत एक कर्मचारी र एक मजदुरलाई कोरोना पोजेटिभ देखिएपछि अति आवस्यक बाहेकका सबै सेवा बन्द गरिएको छ।

आज बसेको गाउँ विपद व्यवस्थापन समितिको बैठकले साप्ताहिक हाटबजार ,विध्यालयलाई समेत बन्द गर्ने निर्णय गरेको छ।कालोबजारी गर्नेलाई कारवाहि तथा जरिवाना समेत गर्न गाउँपालिकालाई समितिले निर्देशन गरेको छ।
हल्दिवारि गाउँपालिकामा तत्काल ५० बेडको आइसोलेसन केन्द्र हल्दिवारि स्वास्थ्य केन्द्रमा तयार गर्न समेत समितिलेले निर्देशन गरेको छ।अनिवार्य माक्स प्रयोग गर्न लगाउने तथा बिदेश बाट आउने को रेकर्ड राखि सजक गराउने समेत भएको छ।
पुराण ,वर्तबन्ध ,विबाह जस्ता कार्यक्रममा सरकारले तोकेको मापदण्ड अनुसार मात्र गर्न सार्वजनिक अपिल गर्ने भएको छ ।हल्दिवारिमा हाल ६ जनामा कोरोना संक्रमण पुस्टि भएको छ।

