स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा थप ३५ जनाको मृत्यु ,चार हजार ९२९ जनामा कोरोना संक्रमण पुष्टि,

पछिल्लो २४ घण्टामा थप ४,९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२,५९७ पीसीआर परीक्षणमा ४,८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४,९२८ जना संक्रमित भेटिएका हुन् ।

Advertisement

कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३२४६ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८८८ रहेको छ । हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ पुगेको छ ।

Advertisement

तीमध्ये होम आइसोलेसनमा ३० हजार ९१६ र संस्थागत आइसोलेसनमा तीन हजार २०१ जना रहेका छन् ।सक्रिय संक्रमितमध्ये आइसियूमा ३३७ र भेन्टिलेटरमा १०७ जना रहेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article