समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

केचना स्याउ तस्करका कारण कोरोना संक्रमणको केन्द्र विन्दु बन्दै

झापाको कचनकवल गाउँपालिका तस्करीका कारण कोभिड -१९ को केन्द्र बिन्दु भन्न लागेको स्थानीयहरु बताउछ्न । कोभिड को संक्रमणले कचलकवलनै जोखिम रहेको यस अवस्थामा त्यहाका तस्कर र जनपथ प्रहरी ,ससस्त्र प्रहरीकै मिलेमतोमा भारतीय हरु तस्करी का सामान बोकेर हिडिरहेको प्रति कतै गाउँनै संक्रमण को जोखिममा पर्न सक्ने स्थानीय हरु बताउछ्न ।

Advertisement

कचनकवलको १२२ नम्बर पिलर हुदै खुलेआम ३०/४० वटा साइकलमा केचनाको पुरानो बजार हुदै हाल चाइनिज स्याउ तस्करी हुँदा प्रहरी प्रसाशन ,स्थानीय सरकार समेत बेखबर हुनुलाई तस्करको बोलबाला निकै माथि सम्म भएको प्रष्ट हुन्छ ।

Advertisement

दैनिक १ हजार देखि १५ सय काटुन स्याउ पुरानो केचना बजार हुदै भारतीय भरिया मार्फत कोरोनाको महामारी लाई समेत प्रवाह नगरि तस्करी हुदै गर्दा हुन सक्ने खतरा लाई कस्ले रोक्ने हो ? भारतीय भरिया ले भारत बाट आउँदा खैनि ,लत्ताकपडा ,मोटर लगायतका सामाग्री ल्याउने गरेका छन भने नेपाल बाट स्याउ लैजाने गरेको र प्रति काटुन २ सय भारु लिने गरेको एक भरिया बताउँछन् ।

राप्रपा ,काङ्ग्रेस ,कम्निस्टमा सक्रिय लागेका नेताहरू नै सक्रिय रूपमा तस्करीका योजनाकार रहेको खुलेको छ । हामि यस बिषय लाई निरंतरता दिने नै छौ साथै उनीहरुको नाम समेत प्रकाशित गर्ने छौं । कोरोनाको जोखिम मा खेलवाड गर्ने जो कोहि होस उनिहरु समाज रास्ट्रका बैमान हुन?

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article