झापाको मेची नगर १५ ज्यामिरगढिमा रहेको बायो ग्यास कोइला फ्याक्ट्रीमा भीषण आगलागी भएको स्थानीय प्रहरीले जनाएको छ।

उधोगि चण्डी पराजुलीको उक्त बायो ग्यासमा राति २:३० देखि आगो लागेको र दमक ,बिर्तामोड ,भद्रपुर ,मेची नगर सहितका दमकलले यो समाचार तयार पार्दा सम्म आगो निभाउने काम गरि रहेको प्रहरीले जनाएको छ।

आगो निभाउन प्रहरी ,ससस्त्र प्रहरी ,स्थानीयहरुको व्यापक सहभागिता रहेको र करिब १५ करोड बराबरको नोक्सानी भएको बताईएको छ। आगो के कारणले लागेको भन्ने कुरा खुल्न सकेको छैन ।