हल्दिवारी – ४ का राम टुडुलाई अपांग मैत्री तिन पाङ्ग्रे स्कुटि खरिद गर्न सहयोग आउने क्रम जारी रहेको छ। शारीरिक रूपमा असक्त टुडुलाई विभिन्न सहयोगी मनहरुले सहयोग गरिरहेको र केहि रकम नपुग र कोभिडको कारण स्कुटि ल्याउन कठिनाइ भएको रामले बताएका छ्न ।

आफु असक्त भएपनि उनि राम मोबाइल रिपेरिङ्ग सेन्टर मार्फत मासिक १० जति बचत गर्ने गरेको बताउछन् ।सिटिभिटि मार्फत तालीम लिएका टुडु केहि गर्न सकिन्छ भन्ने उदारण समाजमा ससक्त युवाहरूलाई देखाई रहेको प्रष्ट हुन्छ ।

हल्दिवारी २ काजलि बजारमा उनको मोबाइल रिपेरिङ्ग सेन्टर संचालित रहेको छ । उनलाई सहयोग गर्नेहरुको विवरण निम्न अनुसार रहेको छ।
१. मंगलबारे युवा समाज ( सैलेन्द्र सिटौला मार्फत ) – ११२००
२. बिशाल गौतम हल्दिवारी ,२ : ५ हजार
३. गङ्गाराम श्रेष्ठ , हल्दिवारी २ : ३ हजार
४.कृस्ण राई , हल्दिवारी – १ : ६५०
५. यामकुमार चुडाल , हल्दिवारी –२ : १५ हजार
६. प्रभात बहुउद्देश्यीय सहकारी, हल्दिवारी –४: ५ हजार
७. गोविन्द सुन्दास र हिमाल राईको पहलमा बेलायतबा : ५२१००
८. सागर भट्टराई मार्फत मलेसिया तथा खाडी मुलुकबाट : ३९१०० प्राप्त भएको टुडुले बताएका छ्न ।