समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

चट्याङ लागेर किच्चकबधमा प्रहरी चौकी इन्चार्जको मृत्यु

भद्रपुर ,वैशाख २१ ।  सोमबार राति परेको चट्याङ लागेर झापामा प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका-२ किच्चकबधमा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत महादेव ठाकुर रहेका छन्। ठाकुर सो चौकीका इन्चार्ज समेत हुन्।

Advertisement

साइकलमा गस्ती गर्ने क्रममा राति १० बजे वर्षासहित परेको चट्याङले ठाकुरलाई लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए।

Advertisement

घाइते ठाकुरलाई तत्काल उपचारका लागि भद्रपुरको ओम साइ पाथीभरा अस्पताल ल्याइएको थियो। अस्पताल ल्याउने बित्तिकै उनलाई चिकित्सकले मृत घोषित गरेका थिए।रतुवामाई ५ मोरङ निवासी ४७ वर्षीय ठाकुर एक महिना अघिदेखि उक्त स्थानमा कार्यरत थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article