समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

राष्ट्रपतिले जारी गरिन् एकैपटक ७ अध्यादेश

वैशाख २१ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डरीले सातवटा अध्यादेश जारी गरेकी छिन्।यसअघि नै जारी भएका अध्यादेश संसद चले पनि पेश हुन नसकेपछि पुनः मंगलबार जारी गरिएको हो।

Advertisement

संसद अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरु पेश गर्नुपर्ने भए पनि दलहरुको विरोधका कारण पेश भएन।फागुन २३ गते सर्वोच्चको आदेशअनुसार पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक बसेको थियो। उक्त दिन साविक नेकपाको प्रचण्ड माधव नेपाल पक्ष र कांग्रेसको विरोधका कारण अध्यादेश पेश भएन।

Advertisement

त्यसपछि सरकार आफैँ ती अध्यादेश सदनमा पेश गर्ने र पारित गर्ने पक्षमा देखिएको थिएन। मंगलबार तीन अध्यादेशलाई दोस्रोपटक जारी गरिएको हो।

यी हुन मंगबार जारी भएका सात अध्यादेशहरु

१. नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८

२ .  औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८

३. तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८

४. यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८

५. संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८

६. फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८

७.   सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article