रेखा घिमिरे , संखुवासभा । संखुवासभा जिल्लाको धर्मदेवि नगरपालिका ४ मा रहेको एक हाइड्रोपावरमा काम गर्ने ३३ जना कामदारलाई कोरोना संक्रमण देखिएको छ ।वडा नम्बर ४ मा रहेको माया खोला हाइड्रोपावरमा कार्यरत ३७ मध्य ३३ जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको गाउँ स्वास्थ्य शाखाले पुष्ठि गरेको छ ।नयाँ नेपाल नामको कम्पनी मार्फत सुरुङ्ग मार्गमा काम गर्ने मजदुर कर्मचारीलाई कोरोना संक्रमण देखिएको वडा अध्यक्ष नारायण लिंखाले जानकारी दिए ।कोरोनासंक्रमितहरुको अवस्था सामान्य रहेपनि उनिहरु मध्य धेरै कुलपुजामा सरिक रहेकोले कोरोना संक्रमितहरु बड्न सक्ने जनाएको छ ।
स्वास्थ्य
हल्दिबारी संवाददाता
५ वर्ष अगाडि
संखुवासभाको एक हाइड्रोपावरमा काम गर्ने ३३ मजदुरलाई कोरोना संक्रमण