हल्दिवारी - कोभिड - १९ को जोखिमलाई मोल्दै जिल्ला प्रसासन कार्यालय र हल्दिवारी गाउँपालिकाको निर्देशन अनुसार वडा नम्बर २ को पाराखोपि बजारमा पसल बन्द गर्न गएका प्रहरीलाई नै व्यवसायीले अभद्र व्यवहार गरेका छ्न । आज देखि पुर्ण बन्द भनिएता पनि १२ बजे सम्म पसल संचालन गरेको अवस्थामा बन्द गर्न अनुरोध गर्दा हल्दिवारी प्रहरी चौकिका इन्चार्जलाई दुरव्यवहार गरिएको छ । खुलेआम बाटोमा रहेका पसलहरु १० बजेपछि बन्द गर्नु पर्नेमा १२ बजे सम्म संचालन गरेको र पसल बन्द गर्न अनुरोध गरिरहेका प्रहरीलाई तथानाम गालि गरेको स्थानीयले बताए । कोभिड -१९ को पहिलो लहरमा समेत पाराखोपि बजारका केहि व्यवसायीले लकडाउनको बर्खिलाप पसलहरु संचालन गरेका थिए । त्यस्तै वडा नम्बर - २ स्कुल चोकका दुई किराना पसल ११.३० सम्म बन्द गरिएको थिएन ।
स्थानीय प्रहरी भन्छ्न ! हामीलाई कसैको साथ भएन ,कोरोना ले हामीलाई मात्र होईन सबैलाई असर गर्छ ।
haldibari.com ले आज गरेको अनुगमनमा वडा नम्बर १,३,४,५ मा स्थानीयले समेत पुर्णरुपमा पालना गरेको पाइयो भने वडा नम्बर २ मा स्थानीयको समेत भिडभाड देखिएको छ। कस्तो रह्यो हल्दिवारीका प्रमुख बजार हरुको अबस्था ( फोटोफिचर )![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
