हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

जलथल क्षेत्रको जैविक विविधता : मदाने, समुन्द्र फल

मदाने, समुन्द्र फल (Barringtonia acutangula) अंग्रेजी नाम-fresh water mangrove , indian oak
१०-१२ मिटर सम्म अग्लो र बोक्रा खस्रो हुने यो रुखका हाँगाहरू जमिन नजिकै बाट झप्प फैलिएका हुन्छन, यसका पातहरू लाम्चा (भेटना भन्दा टुप्प तिर बढी चौडा) बाक्ला र चिल्ला हुन्छन हाँगा बाट बर्रोको जस्तै गरि झुप्पामा पलाउछन ! बसन्त ऋतुको सुरुवात संगिया यसका पातहरु झर्छन ! यसका फूलहरु जमिनतिर लत्रेका लामो तान्द्राको वरिपरी फुल्छन् ! यसका फलहरु गुलाबी रंगका हुन्छन !
यो रुख जलथलमा सिमसारको वरिपरि मात्र पाइएको छ ! यो रुख अफगानिस्तान पुर्व पाकिस्तान, भारत नेपाल लगाएत दक्षिणपूर्वी एसिया हुँदै अस्ट्रेलिया सम्म पाइन्छ !
यसको फोटोको लागि प्रतिक पाण्डेय, टिका वन र खगेन्द्र उप्रेतीलाई र प्रजाति पहिचानको लागि योगेन्द्र पौडेलप्रति आभार !
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)