स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपालमा एकै दिन २ हजार ९ सय ५ जना संक्रमणमुक्त

नेपालमा शुक्रबार एकैदिन २ हजार ९ सय ५ जना संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ५ जना डिस्चार्ज भएका हुन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ९५ हजार २ सय ९५ जना पुगेको छ ।

Advertisement

यसअघि नेपालमा बिहीबार २ हजार ७ सय ७ जना संक्रमणमुक्त भएका थिए । बुधबार १ हजार ७ सय ७५ जना संक्रमणमुक्त भएका थिए भने मंगलबार २ हजार २१ जना, सोमबार १ हजार ६ सय १२ जना, आइतबार १ हजार २८७ जना डिस्चार्ज भएका थिए । यसरी हेर्दा संक्रमणमुक्त हुनेको दर पनि बढेको देखिन्छ ।

Advertisement

यस्तै नेपालमा शुक्रबार थप ५० जनाको संक्रमणबाट मृत्यु भएको छ । यसअघि बिहीबार कोरोना संक्रमणबाट थप ५४ जनाको मृत्यु भएको थियो । बुधबार ५८ जनाको कारोना संक्रमणबाट मृत्यु भएको थियो । यसरी हेर्दा मृत्यु हुनेको दर पनि विस्तारै कमि हुँदै आएको छ ।

शुक्रबार देशभर ९ हजार १ सय ९६ जना कोरोना संक्रमित थपिएका छन् ।यसैगरी काठमाडौं उपत्यकामा थप ४ हजार १ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ l

मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा ३०८९ भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जनामा संक्रमण पुष्टि भएको हो ।यसैगरी, गत चौबीस घण्टामा १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गरिएको छ ।

सरकारले अहिले उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरेको छ । यसरी सरकारले जारी गरेको निषेधाज्ञा पालना गर्ने र माक्स लगाउने, स्यानिजाइज गर्ने, बेलाबेलामा हात धुने, दुरी कायम गर्दै घरमा बस्यौँ बने मत्युदर घट्दै जाने र संक्रमण दर घट्ने देखिन्छ । त्यसैले सबै जना घरमा बसौं । विश्व स्वस्थ्य संगठन र नेपाल सरकारले भनेका मापदण्ड पालना गरौँ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article