समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

२५ औँ पटक सगरमाथाको चुचुरोमा कामिरिता

वसन्त यामको सगरमाथा आरोहण आजदेखि सुरु भएको छ । आङरिता शेर्पाको नेतृत्वमा बाटो बनाउँदै गएको टोली शुक्रबार साँझ ६ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै यो यामको आरोहण सुरु भएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले सगरमाथा आधार शिविरबाट जानकारी दिइन् ।

Advertisement

२५ औँ पटक सगरमाथाको शिखरमा पाइला राख्न सफल कामिरिता शेर्पासहित १२ जनाको नेपाली टोलीले आज सफलताका साथ चुचुरो सम्मको बाटो निर्माण गरेको अधिकृत आचार्यको भनाइ छ ।

Advertisement

मौसमले साथ दिएको अवस्थामा धमाधम आरोहण हुने बताइएको छ। यो याममा ८३ आरोही समूहका ७ सय ४२ समूहले आरोहण अनुमति लिएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article