स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपालमा आइतबार थप ४ हजार २२ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । नेपालमा आइतबार थप ४ हजार २२ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणमुक्त हुनेको दर ७६.७ प्रतिशत रहेको छ ।

Advertisement

Advertisement

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार १८ हजार ७ सय ८७ पीसीआर परीक्षणबाट ८ हजार ७७७ र ५०६ एन्टिजेन परीक्षणबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ हाल देशभर ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा ४ हजार २२ जना डिस्चार्ज भएका छन् ।पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४ हजार १९८ जना संक्रमित थपिएका छन् । काठमाडौँमा ३ हजार १६१, भक्तपुरमा ५०४ र ललितपुरमा ५३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article