साहित्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कबिता : एकलव्य दृष्टिहरु

दयानन्द गोस्वामी

Advertisement

निस्वार्थ मनलाई साधनामय गराउँदा
कति साध्य गरे मेरा एकलव्य दृष्टिहरु,

Advertisement

जीवनको धनुषमा प्रत्यान्चा चढाउँदा
निशब्द भयो सारा अट्टहासमय टंकार,

अकर्मण्यताको संकीर्ण परिधि भित्र
पोषित जीवनका शेष अभिलाषाहरु,

त्वरित भई रहन्छन् मनको सरोवरमा
जहाँ किन्चित हुँदैन निकृष्ट अहंकार,

स्तब्ध अन्तरमन को सघन अरण्यमा,
वनचातकहरु चौदिशामा गुन्जिन्छन्,

निराशा ले नै भरिएको स्वाँसहरुमा
व्यथित छु जहाँ छ अभिष्टीत संसार,

वैराग्य आउँदा आफूलाई धिक्कार्छु
वाहियात भए सारा उनका श्रृष्टिहरू,

जीवनको आवरण मा परत लगाउँदा
क्षणिक नै हुँदै जान्छ त्यो अलंकार,

तुष्टिकरण जीवनको विशिष्ट लक्ष्य हो
जहाँ बर्षि रन्छन् स्नेहका ती वृष्टिहरू,

शुन्यता मा जब म आफूलाई हराउँछु

अवशेष रहन्छ त्यहाँ केवल निराकार,

निस्वार्थ मनलाई साधनामय गराउँदा

कति साध्य गरे मेरा एकलव्य दृष्टिहरु,

जीवनको धनुष मा प्रत्यान्चा चढाउँदा
निशब्द भयो सारा अट्टहासमय टंकार ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article