हल्दिवारी : कोभिड बिरामीको लागी अत्यावश्यक अक्सिजन अभावलाई मध्य नजर गर्दै कावेलि सिमेन्ट उधोग हल्दिवारीले आफुसग रहेको ८ वटा अक्सिजनका सिलिन्डर उपलब्ध गराएको छ।

हल्दिवारीका युवा व्यवसायी तथा कावेलि सिमेन्ट उधोगका मेनेजिङ डाइरेक्टर सुमन मैनालीले आफ्नो उधोगमा रहेका अक्सिजनका सिलिन्डर जिल्ला प्रसाशन कार्यालय लाई ३ थान ,हल्दिवारी गाउँपालिकालाई २ थान र ३ थान मेडिकल क्लिनिकहरुलाई उपलब्ध गराएको डाइरेक्टर मैनालीले हल्दिवारी डटकमलाई बताउनु भयो ।


हल्दिवारीमा रहेका चिया मिल ,गृल उधोग लगायतमा करिब ३० वटा अक्सिजन सिलिन्डर रहेको रेकर्डमा देखिएको छ । कोभिड बिरामीलाई आवश्यक परेको बेलामा स्वास्थ्य शाखाले प्रयोग गरि पछि फिर्ता गर्ने गरि अक्सिजनको सिलिन्डर सहयोग गर्न स्वास्थ्य शाखा प्रमुख पुस्कर निरौलाले सबै व्यवसायीहरुलाई आह्वान समेत गर्नु भएको छ ।

हल्दिवारीमा कोभिड बिरामीलाई लक्ष्यित गरि २५ बेडको आइसुलेसन केन्द्र स्थापना गरि तयारी अवस्थामा राखिएको छ ।