जलथल : हल्दिवारी गाउँपालिकामा आज एकैदिन १९ जनाको PCR र एन्टिजिन टेस्ट पोजेटिभ देखिएको छ । स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले दिनुभएको जानकारी अनुसार ९ महिला र १० पुरुषको गरिएको एन्टिजिन परिक्षण पोजेटिभ देखिएको हो ।

उनका अनुसार वडा नम्बर १ का २ पुरुष ३ महिला ,वडा नम्बर २ का ३ पुरुष ३ महिला तथा वडा नम्बर ३ का ३ पुरुष २ महिला त्यस्तै अन्य २ पुरुष १ महिला सहित १९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

हल्दिवारी गाउँपालिकामा आज सम्म ६२ जनामा कोरोना संक्रमण देखिएको छ भने २ जना निको भइ सकेका छ्न भने अन्यको अवस्था सामान्य रहेकोे छ ।