साहित्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कविता : श्रमिक हुँ म

– टीका पोखरेल

Advertisement

श्रमिक हुँ म पसिना बगाउँछु
संसार सजाउने योजना बनाउँछु ।

Advertisement

पसिनाको मोतीले संसार सिंगार्दै
बढ्दैछु अगाडि संसार निहार्दै ।।

बेगवान प्रवाहमा बग्ने नदी हुँ
सुनामी उछाल्ने सागर पनि हुँ ।

लूटि खाने संस्कार बगाई छाड्छु
भ्रमको पर्दा म उघारी छाड्छु ।।

बदनाम गर या ईर्ष्याले हेर
गर्दिनँ विश्राम या बन्धनले घेर ।

बढ्छु अगाडि म बढी नै रहन्छु
बेगवान गतिमा बगि नै रहन्छु ।।

फमामे जन्जिरले मलाई बाँधे नि
कानुनी डण्डाले प्रहार गरे नि ।

पर्खाल बनाएर या त छेक्न खोज
रोकिन्नँन् पाइला जति रोक्न खोज ।।

तिम्रो चाकडी यहाँ गर्नु छैन
कसैको दलाली पनि गर्नु छैन ।

जे देख्छु सत्य त्यहि बोल्ने गर्छु
तिम्रा हर कर्तुत म त खोल्ने गर्छु ।।

लूट को त्यो स्वर्ग ढालेर मात्र
सुनौलो बिहानी उदाउँछ मित्र ।

सभ्य त्यो संसार निर्माण गर्न
कर्तव्य बाँकी छ यहाँ पुरा गर्न ।।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article