हेमन्त मैनाली : हल्दिवारी गाउँपालिका स्वास्थ्य शाखालाई कोभिड – १९ का बिरामीलाई उपचार गर्न स्थानीय व्यवसायी सुमन मैनाली ( कावेली सिमेन्ट ) ,कृष्ण प्रसाईं( कामक्षय टि . प्रालि ) तथा साना किसान चिया उत्पादन सहकारीले २-२ अक्सिजनका सिलिन्डर उपलब्ध गराएका छ्न ।
व्यवसायी कृष्ण प्रसाईले यो जोखिमको अवस्थामा मानिसको स्वास्थ्य लाई प्रमुख प्राथमिकतामा राखेर आफ्नो टि प्रालिमा रहेको अक्सिजन सहयोग गरेको बताउनु भयो । हल्दिवारी गाउँपालिका कोरोना आइसुलेसन केन्द्रमा व्यवसायीले दिएका ६ सिलिन्डर दिएसगै हाल १३ सिलिन्डर तयारी अवस्थामा राखिएको छ। २५ बेडको आइसुलेसन केन्द्र तयारी अवस्था राखिएको छ भने १ जना डाक्टर को समेत नियुक्ति गरेर स्वास्थ्य शाखा सचेत रहेको देख्न सकिन्छ ।

हल्दिवारी गाउँपालिकामा ६२ जनामा कोरोना संक्रमण देखिएपनी सबैको अवस्था सामान्य रहेको स्वास्थ्य शाखाले पुष्टि गरेको छ । कोरोना संक्रमणका बिरामी दिनहुुँ बड्दै गएपछि स्वास्थ्य शाखाले सत्रक रहने आम नागरिकमा अनुरोध समेत गरेको छ । हिजोमात्र हल्दिवारी गाउँपालिकामा कोरोनाका १९ संक्रमीत फेलापरेपछी यश गाउँपालिका अति जोखिम भएको स्थानीय तहमा परेको छ ।
जिल्ला प्रसाशन कार्यालय र स्थानीय प्रहरी प्रसाशनलाई समेत चुनौती दिदै बिनाकारण घरबाट निस्कनेको संख्या बडेको देख्न सकिन्छ । झापाको स्थानीय तहहरु मध्य हल्दिवारी जोखिम क्षेत्रमा परेकोले बिना काम बाहिर ननिस्कन स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले आह्वान गर्नु भएको छ ।