हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपालमा थप ५०५५ जना कोरोना संक्रमणमुक्त

नेपालमा बिहीबार थप ५०५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा ३१२५१८ जना संक्रमणमुक्त भएका छन्।

Advertisement

यस्तै मन्त्रालयका अनुसार बिहीबार थप ८ हजार ९ सय ६० कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा गरिएको २०२४५ परीक्षणबाट ८९६० थपिएका हुन्। नेपालमा सक्रिय कोरोनाका बिरामी १ लाख ५ हजार २ सय ७ पुगेको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा मुलुकभरका ८७ वटा प्रयोगशालाबाट १९४७४ पीसीआर र ७७१ एन्टिजेन परीक्षणमा थप ८९६० जनामा संक्रमण पुष्टि भएको हो ।

Advertisement

यस्तै थप २१४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्याङ्कको आधारमा कोभिड १९ संक्रमणबाट गत २४ घण्टामा २१४ जनाको मृत्यु भएको भएको हो।यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४६६ पुगेको छ। पछिल्लो २४ घण्टाको अवधिमा थप ५०५५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।

सोमबार थपिएकासँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ। तीमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या सर्वाधिक छ। काठमाडौं उपत्यकामा बिहिबार ३ हजार ५६२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै थप ३ हजार ५६२ संक्रमित थपिएका हुन्।त्यसमध्ये काठमाडौं जिल्लामा २७३३, भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ संक्रमित थपिएका हुन्।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)