हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कोरोनाका कारण राप्रपाको महाधिवेशन स्थगित

 काठमाडौं । कोरोनाभाइरसको महामारीका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले महाधिवेशन स्थगित गरेको छ।

Advertisement

आज बसेको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको राप्रपाले जनाएको छ । राप्रपाको महाधिवेशन २२ देखि २५ जेठसम्म काठमाडौंमा गर्ने तय भएको थियो। छिट्टै महाधिवेशनको नयाँ मिति यत हुने पनि राप्रपाले जनाएको छ।

Advertisement

यस्तै राप्रपाले कोरोना नियन्त्रण तथा संक्रमितको उपचारमा भइरहेको कमिप्रति चिन्ता व्यक्त गर्दै अस्पतालमा शय्या बढाउन, अक्सिजन आपूर्ति सहज बनाउन, आईसीयू, भेन्टिलेटर तथा अन्य स्वास्थ्य सामाग्रीको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

यससँगै स्वास्थ्य मापदण्ड पालना गरेर कोरोनासँग जुधिरहेका जनताको सेवामा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।

तीनै अध्यक्ष सहभागी बैठकले पाँच दिनभित्रै निर्देशक समिति गठन गर्ने निर्णय गरेको राप्रपा केन्द्रीय सचिवालयका प्रममुखद्वय भाष्कर भद्रा र ध्रुवबहादुर प्रधानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)