हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

राप्रपा निकट ट्रेड युनियन टुकोनद्वारा श्रमिकलाई राहत वितरण 

काठमाडौं । राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले लकडाउनका कारण विचल्लीमा परेका श्रमिकहरुलाई राहत वितरण गरेको छ ।  टुकोनले रिक्सा चालक र निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरूको ४० परिवार लाई एक हप्ता पुग्ने खाद्यान्न वितरण गरेको हो ।
टुकोनले श्रमिकहरुलाई वितरण गरेका रहत सामाग्रीमा चामल, तेल, दाल, क्वाटी, नुन, चाउचाउ र माक्स संलग्न रहेको टुकोनका अध्यक्ष हिक्मत जंग भण्डारीले बताउनुभयो ।
विपद्को विकराल परिस्थितीमा जोखिम कार्यलाई ध्यान दिंदै रोग र भोक दुवै मानव जीवनका चुनौतीलाई सामना गर्न केही सहयोग पुगोस् भनेर श्रमिकहरुलाई थोरै भएपनि राहत उपलब्ध गराएको जानकारी दिदै टुकोनका अध्यक्ष भण्डारीले लकडाउनको यस्तो विषम परिस्थितीमा दैनिक ज्यालादारीमा आश्रीत श्रमिकहरुको पीडालाई ध्यान दिन सरकारलगायत सम्बन्धित पक्षको ध्यानाकर्ष समेत गराउनुभयो ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)