आज झापाको हल्दिवारी गाउँपालिकामा थप १९ जनामा कोरोना संक्रमण देखापरेको छ । कोभिड -१९ को दोस्रो लहरसंगै हल्दिवारी गाउँपालिका जोखिमको पहिलो सुचीमा रहेको स्वस्थ्य शाखा प्रमुख तथा फोकल पर्सन पुष्कर निरौलाले बताउनु भएको छ ।

आज देखापरेका मध्य ४ जनाको एन्टिजिन टेस्ट पोजेटिभ देखिएको र १५ जनाको पिसिआर पोजेटिभ देखिएको स्वास्थ्य शाखाले पुष्टि गरेको छ ।
स्वास्थ्य शाखा प्रमुख निरौलाका अनुसार कोभिड -१९ को दोस्रोलहर शुरुभएसंगै आज जेठ् ४ गतेसम्म ११९ जनामा
कोरोना संक्रमण देखिएको छ।

आज थपिएका संक्रमितहरु मध्य वडा नम्बर १ मा ७ जना , २ मा ५ जना ,४ मा ५ जना र वडा नम्बर ५ मा २ जना रहेको स्वास्थ्य शाखा हल्दिवारीले पुष्टि गरेको छ । अस्पताल आइसोलेसं – २ जना निको हुनुहुने – २८ जना होम आइसोलेसन – ८८ जना ।
