समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

लमजुङको भुलभुले केन्द्र भएर ५.८ म्याग्नेच्युडको भूकम्प

लमजुङको भुलभुले आसपास केन्द्र बनाएर बिहान ५ बजेर ४२ मिनेटमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास केन्द्र बनाएर ५.८ म्याग्नेच्युडको भूकम्प गएको हो । काठमाडौँ उपत्यकामा पनि भूकम्पको धक्का महशुस गरिएको थियो ।

Advertisement

यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ । भूकम्पले बेसिशहर नगरपालिका(६ चनौटेमा घर भत्किदा उमा गुरुङ घाइते भएकी छन् । उनलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको छ ।

Advertisement

यसअघि पछिल्लो पटक वैशाख १५ गते कलंकी केन्द्रविन्दु भएर ३।५ रेक्टर स्केलको परकम्प गएको थियो । २०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पपछि पराकम्प आउने क्रम रोकिएको छैन ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article