समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

अतिविपन्न संक्रमित घरपरिवार र स्वास्थ्यकर्मीलाई हल्दीबारीले राहत दिने : प्रवक्ता पोर्तेल

हल्दीबारी गाउँ कार्यपालिकाको नियमित मासिक बैठक आज जेठ-५ गते सम्पन्न भएको छ । बैठकले पछिल्लो समय विश्वव्यापी रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम, नियन्त्रण, उपचार र नागरिकहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको गाउँपालिकाका प्रवक्ता सागर  ले जानकारी दिए ।

Advertisement

गाउँ कार्यपालिकाका निर्णयहरु :

Advertisement

१. जिल्ला प्रशासन कार्यालय, झापाबाट जारी आदेशलाई कडाइका साथ कार्यान्वयन गर्ने र सो का लागि स्थानीय प्रहरीहरुसंग समन्वय गरि सम्बन्धित वडाका सबै जनप्रतिनिधिहरु परिचालित भई लकडाउनको परिपालना गराउने र नियमित रुपमा बजार अनुगमन गर्ने l

२. संक्रमितहरुलाई स्थानीय सरकारको प्रत्याभूति गराउन र हौसला प्रदान गर्नका लागि पोसिलो खानेकुराहरु सहितको प्याकेज संक्रमित व्यक्तिलाई हस्तान्तरण गर्ने l

३. कोरोना भाइरसको संक्रमण पुष्टि भएका दैनिक ज्यालादारी गर्ने गरिव, विपन्न घरपरिवारलाई संक्रमण अवधिभर खाद्यान्न लगायतका राहत सामग्रीहरु वितरण गर्ने l

४. पिसिआर/ एन्टीजिन परिक्षणको दायरालाई बढाउँदै लैजाने l

५. हल्दीबारी गाउँपालिका वडा न. २ मा रहेको नयाँ स्वास्थचौकी भवनमा अक्सिजन र अन्य उपकरणहरु सहित १०० बेडको आइसोलेशन सेन्टर तयार पारी संक्रमितहरुको उपचारको व्यवस्था मिलाउने l

६. कोरोना संक्रमण रोकथाम, नियन्त्रण एवंम् उपचारमा संलग्न गाउँपालिका क्षेत्रका स्वास्थ्यकर्मीहरु कोभिड पोजेटिभ भएमा निजहरुको उपचारको सम्पूर्ण जिम्मा गाउँपालिकाले लिने l

७. हल्दीबारी गाउँपालिका क्षेत्रका नागरिकहरुलाई उपचारमा सहजता ल्याउन र पिसिआर परिक्षणमा अस्पताललाई सहयोग पुर्याउनका लागि मेची प्रादेशिक अस्पताललाई रु ५ लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको प्रवक्ता पोर्तेलले वताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article