समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्र.जि.अ.झापाले जारी गरेको निषेधाज्ञा

२०७८/०२/०६ गते जिल्ला प्रशासन कार्यालय ,झापाले संक्रमणको रोकथाम र नियन्त्रणकालागी नेपाल सरकार मन्त्री परिषदबाट प्रत्यायोजित अधिकार बमोजिम संक्रामक रोग ऐन,२०२०को दफा २ र स्थानिय प्रशासन ऐन,२०२८को दफा ६को उपदफा ३ले प्रमुख जिल्ला अधीकारीलाई दिएको अधिकार प्रयोग गरी मिति २०७८/०१/३१गते मध्यराति १२।००बजेदेखि मिति २०७८/०२/०७ गते मध्यराति १२।००बजेसम्म झापा जिल्लाभर लागु हुने गरी निषेधाज्ञाको आदेश जारी गरिएकोमा पछिल्ला दिनहरुमा यस जिल्लामासमेत संक्रमण तिब्ररुपमा बढिरहेको हुँदा मिति २०७८/०२/०७ गते मध्यरात १२।००बजेदेखि २०७८/०२/१४गते मध्यरात १२बजेसम्मकालागी देहाय अनुसारको आदेश जागी गरिएकोछ ।यो आदेशको पालना गर्नु गराउनु सबै ब्यक्ति ,संघसंस्था,पेशाकर्मी,ब्यबशायि तथा आम नागरिकको कर्तब्य हुनेछ । यो आदेशको उलंघन गरेमा प्रचलित कानून बमोजिम कारबाही हुने ब्यहोरासमेत संबन्धित सबैमा जानकारी गराईन्छ ।
१) सर्वसाधारणका लागीः-
क)औषधि खरिद तथा उपचारका लागी बाहेक कुनैपनि ब्यक्ति घर बाहिर ननिस्कने ।
ख)खाध्यन्न खरिदमा समस्या परेमा सम्बन्धित पालिका वा स्थानिय उध्योग बाणिज्य संघसंग समन्वय गरेर ब्यबस्तापन गर्न सकिने ।
ग)नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड र सामाजिक दुरिको अनिवार्य पालन गर्ने ।
घ)हाट-बजार,मेला,जात्रा,महोत्सव ,पार्टि,भोज लगायत भिडभाड गर्ने कार्य नगर्ने नगराउने ।
ङ)कोभिड-१९को लक्षण देखिएमा वा त्यस्तै प्रकारका कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्तानिय तहको आईसोलेशन केन्द्रमा सम्पर्क राख्ने ।
२) कार्यालय संचालन सम्बन्धमाः-
क)अत्यावश्यक सेवा संचालन गर्ने बाहेकका सरकारी कार्यालय,सार्वजानिक संस्थान,बीमा लगायतका कार्यालयहरुले सेवा स्थगन गर्ने र त्यस्ता कार्यालयमा न्युनतम कर्मचारीमात्र उपस्थित भई कार्यालयको आन्तरिक प्रशासन संचालन गर्ने ।
ख)सरकारी,सार्वजानिक कार्यालयका कर्मचारीहरुले कर्मचारी परिचयपत्रका आधारमा बिहान ९.००बजेदेखि १०.००बजेसम्म तथा बेलुकि ५.००बजेदेखि ६.००बजेसम्ममात्र सरकारी वा निजि सवारी साधनमा आवश्यकता अनुसार आवत-जावत गर्न पाउने ।
-ग)अत्यावश्यक सेवा संचालन गर्न कार्यालयका कर्मचारीहरुको हकमा कर्मचारी परिचयपत्रका आधारमा सरकारी तथा निजि सवारी साधनमा आवश्यकता अनुसार आवत-जावत गर्न पाउने ।
३) बैँक/ वित्तिय संस्था सम्बन्धमाः-
क)बैंक तथा वित्तिय संस्थाको सम्बन्धमा सम्बन्धित माथिल्लो निकायको स्विकृति लिई न्युनतम कर्मचारीको उपस्थितिमा हप्तामा दुई दिन आलोपालो मिलाई संचालन गर्ने ।
ख)सहकारी संस्थाहरुले घर,पसल र समुहमा गई बचत रकम संकलन गर्ने कार्य हाललाई स्थगित गर्ने ।
४) पसल तथा ब्यबशाय संचालन सम्बन्धमाः-
क) औषधि र स्वास्थ्य सामग्री,ईन्धन (पेट्रोल,डिजेल स्टेसन,एल.पि.ग्याँस )बाहेकका अन्य खाध्यन्न पसल,ब्यबशाय पुर्णरुपमा बन्द गर्ने ।
ख)मल,खाद,बिउ,बिजन,कुखुराका चल्ला-दाना,पशुपंख्षिका आहार सम्बन्धि पसल स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरि बिहान ११बजेदेखि दिउसो१बजेसम्म संचालन गर्न पाईने ।
ग) हरियो तरकारी,फलफुल,दुध तथा दुधजन्य पदार्थ, मासु तथा मासुजन्य पदार्थ स्थानिय तह र स्थानिय उध्योग बाणिज्य संघको समन्वयमा बिहान ९ बजे भित्र घरघरमा होम डेलिभरी सेवा उपलब्ध गराउन सकिनेछ ।
घ)औषधि पसल तथा अत्यावश्यक सेवा संचालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पुर्णरुपमा पालन गर्ने ।
ङ)सेनेमा हल,पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल ,मनोरञ्जन स्थल ,पार्क ,सैलुन, ब्युटि-पार्लर ,जीमखाना,समुहमा खेलिने खेलकुद ,पुस्तकालय,संग्राहलय ,चिडिया खानाआदि बन्द गर्ने ।
५) सवारी साधन संचालन सम्बन्धमाः-
क)अत्यावश्यक सेवा संचालन गर्ने नेपाल सरकारका कर्मचारी,बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारीले प्रयोग गर्ने सरकारी तथा निजि सवारी साधनको हकमा कार्यालयले जारी गरेको कर्मचारी परिचयपत्रको आधारमा बिहान ९बजेदेखि १०बजेसम्म तथा बेलुकि ५बजेदेखि ६ बजेसम्म सम्म संचालन गर्न दिईने ।
ख) अत्यावश्यक सेवाहरु बाहेकका सबै प्रकारका सार्वजानिक तथा निजि सवारी साधन मिति २०७८ जेष्ठ ७गते राति १२.००बजेदेखि ऐ.जेष्ठ १४ गते राति १२.००बजेसम्म झापा जिल्ला भर संचालनमा पुर्णरुपले रोक लगाउने ।
ग)अत्यावश्यक सेवाहरु जस्तैः एम्बुलेन्स,खानेपानी,ईन्धन र लुब्रिकेण्ट ,स्वास्थ्य ,खाध्यन्न,तरकारी फलफूल,दुध तथा दुधजन्य पदार्थ ,मलखाद,बिउबिजन,कुखुराका चल्ला, दाना, पशुपंक्षीको आहार बोकेको सवारी साधन,बैंक ,वित्तिय संस्था,रेडक्रस ,दूरसंचार, बिध्युत ,ईन्टरनेट, क्वारेन्टिन,आईसोलेशन ,फोहोरमैला ब्यबस्थापन ,कुरियर तथा डाकसेवा,ढुवानी लगायतका सवारी साधनहरु बिषय उल्लेख गरि संचालन गर्न पाईने ।
घ) यस जिल्लाबाट अन्य जिल्लाको लागी खाध्यन्न लगायतका सामग्री ढुवानी गर्ने सवारी साधनलाई संचालन गर्न दिईने ।
६) उद्योग,कल-कारखाना र निर्माण कार्य संचालन सम्बन्धमाः-
क)उद्योग तथा कलकारखाना संचालन गर्दा सकेसम्म थोरै जनशक्तिबाट संचालन गर्ने र त्यस्ता जनशक्तिलाई खान र बस्ने सुबिधा उद्योग परिसर भित्रै मिलाउने, छुट्टै क्वारेन्टिनको ब्यबस्था सम्बन्धित उद्योगले गर्ने ।
ख) राष्ट्रिय गौरव र महत्वका आयोजना/ परियोजना र अति आवश्यक बिकास निर्माणकार्यका लागी कामदारहरुलाई खाने बस्ने ब्यबस्था सम्बन्धित आयोजनाले निर्माण स्थलमानै मिलाई स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालन गरि संचालन गर्ने ब्यबस्था मिलाउने ।
ग) राष्ट्रिय गौरव तथा महत्वका आयोजना/परियोजना र अति आवश्यक बिकास निर्माण कार्यका लागी निर्माण सामग्री बक्ने/ बोकेका सवारी साधनलाई आयोजना हेर्ने कार्यालयको सिफारिसको आधारमा निर्माण स्थलसम्म आवतजावत गर्न सहजिकरण गरिने ।
घ) बिकास निर्माण सम्बन्धि आयोजनाकालागी आवश्यक पर्ने निर्माण सामग्रीहरु सम्बन्धित स्थानिय तह वा स्थानिय उध्योग बाणिज्य संघसंग समन्वय गरि गोदामबाटमात्र उपलब्ध गराउने ।
७) विवाह तथा मृत्यू संस्कार सम्बन्धमाः-
क) विवाहकोलागी बढिमा १० जनासम्म जन्ति जान आउन दुलाह-दुलही सहित २वटा सवारी साधनमा ५/५ जनासम्म ब्यानर राखेर प्रयोग गरि जिल्ला भित्र वा अन्य जिल्लामा आवत जावत गर्नु पर्दा अनुमति पास आवश्यक नपर्ने ।
ख) मृत्यु संस्कार,बिरामि कुरुवाको रुपमा अनिवार्य सहभागी हुनुपर्ने ब्यक्तिले अन्य जिल्लामा जानु पर्दा सम्बन्धित ब्यक्तिले उक्त ब्यहोरा खुल्ने कागजात( निबेदन,अस्पतालको कागजात वा सम्बन्धित स्थानिय तहको सिफारिस) सहित जिल्ला प्रशासन कार्यालयमा अनुमतिका लागी निबेदन पेश गर्नुपर्ने ।
८) सिमा नाका सम्बन्धमाः-
क) सिमा नाका काँकडभिट्टाबाट बिदेशि नागरिकको प्रबेश स्थगन गर्ने । आपूर्ति प्रणाली सुचारु राख्न काँकडभिट्टा सिमा नाका यथावत संचालन गर्ने । आपुर्ति प्रणाली सम्बद्ध ढुवानी साधनका चालक र सहचालकलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने गरी आवत जावत गर्न दिईने ।
ख)काँकडभिट्टा नाका बाहेक अन्य नाका तथा गौँडाबाट नेपाल प्रबेशलाई पुर्ण रोक लगाउने ।
ग)काँकडभिट्टा नाकाबाट प्रबेश गर्ने नेपाली नागरिकहरुको अभिलेख राख्ने , एण्टिजन परिक्षा गर्ने ,परिक्षणबाट पोजेटिभ देखिएकालाई आवश्यकता अनुसार नजिकको आईसोलेशन केन्द्र वा मेचि अस्पतालमा थप उपचार गराउने , नेगेटिभ देखिएकालाई आवश्यक समन्वय गरी नजिकको गन्तब्यमा पठाउने ब्यबस्था मिलाउने । यसको जानकारी सम्बन्धित स्थानिय तहलाई गराउने ।
९) सभा,सम्मेलनको हकमाः-
क) सबै प्रकारका सभा,सम्मेलन ,जुलुस,गोष्टी,तालिम, सेमिनार लगायतका कार्यहरुको संचालनमा रोक लगाउने
१०) बिबिधः-
क) संचारकर्मी/ पत्रकारको हकमा सुचना संकलन तथा सम्प्रेषण गर्न सुचना बिभागले जारी गरेको परिचयपत्र वा सम्बन्धित संचारगृह वा पत्रकार महासंघको परिचयपत्रको आधारमा आवत जावत गर्न दिने ।
ख) अत्यावश्यक उपयोग्य वस्तु वा सेवाको आपुर्तिमा कृतिम अभाव श्रृजना गर्ने ,मुल्यबृद्धि गर्ने,जम्माखोरी गर्ने ,लुकाउने वा आपुर्तिमा अवरोध गर्नेहरु उपर कानून बमोजिम कडा कार्बाही गर्ने ।
ग)अन्तराष्ट्रिय उडानबाट बिदेश जाने यात्रुहरुको हकमा हवाई टिकट,राहदानि,भिसा लगायतका कागजातका आधारमा सम्बन्धित ब्यक्ति र निजले प्रयोग गर्ने सवारी साधनलाई यात्रा सहजिकरण गरिने ।
११) यो आदेशको अबहेलना गर्ने वा काममा बाधा पुर्याउने ब्यक्तिलाई संक्रामक रोग नियन्त्रण ऐन२०२० तथा प्रचलित कानून बमोजिम कार्यवाही गर्ने ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article