साहित्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपाली मौलिक काव्य प्रबिधा ,कोपिला, : सम कोपिला डाली

       १
नबोल न पातली चर्को बोलीले
दिनभरि मरिमेट्दा म पनि हैरान छु
आउथ्यो कि मिठास अर्को बोलीले

खुट्टा ढोग भन्दिन यथोचित मान देउ
तिमीले ख्याल नगरे कसले मेरो ख्याल गर्छ
थाकेको छु एक अम्खोरा पानी खान देउ

साँझ बिहान के पकाउँ तिम्रो पीर छ
दुस्ख पाईछौ बुझेको छु अरु के नै गर्न सक्छु
गर्जो क्यारी टारुँ मेरो सानो जागिर छ

साना साना छन छोराछोरी बढाउनु छ
मितव्ययिता अपनाएर केही बचत गरौं
युग अनुसार तिनलाई पढाउनु छ

जस्तो छ त्यसमै हामी रमाउनु पर्छ
टोल छिमेकमा गुनासो नसुनाउ है प्रिया
पैसा नसके नि ईज्जत् कमाउनु पर्छ

Advertisement

                                                                  – रामचन्द्रभट्टराई ,स्याङ्जा

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article