जलथल , झापा । युवा संघ नेपाल हल्दिवारी र अनेरास्ववियु हल्दिवारी गाउँ कमिटीले कोभिड -१९ को जोखिम मोल्दै सुरक्षामा खटिएका स्थानीय प्रहरी चौकिलाई स्वास्थ्य सामाग्री गरेको छ ।
हल्दिवारी गाउँपालिकामा रहेका ३ वटा प्रहरी चौकीहरु क्रमश जलथल प्रहरी चौकी , गोलधाप प्रहरी चौकी र हल्दिवारी प्रहरी चौकीलाई ३० हजार मूल्य बराबरको माक्र्स ,सेनिटाइजर ,ग्लोव ,फेससिल हस्तान्तरण गरेको अनेरास्ववियु केन्द्रिय सदस्य वलराम गिरिले बताउनु भयो ।
स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न युवा संघ हल्दिवारीका अध्यक्ष – सैलेन्द्र सिटौला ,उपाध्यक्ष – सरोज दाहाल ,कोषाध्यक्ष – अनिल मेचे ,अमृत मेचे युवा संघ हल्दिवारी सदस्य तथा अनेरास्ववियु हल्दिवारी गाउँ कमिटी अध्यक्ष विजय राई समेत रहेको केन्द्रिय सदस्य गिरिले बताउनु भयो ।


