समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीमा बाबुको मृत्यु भएको २ साता नबित्दै कोरोनाबाट छोराको मृत्यु

हल्दिवारी -१ गोलधापमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । वडा नम्बर १ का वडा अध्यक्ष त्रिलोचन सापकोटाले दिएको जानकारी अनुसार कोरोना संक्रमण भएर उपचाररत ३० बर्षिय एक युवाको आज बिहान निधन भएको हो ।

Advertisement

उनका अनुसार निजका बुबाको पनि यही बैशाख ३० गते कोरोना जस्तै लक्ष्यणबाट मृत्यु भएको थियोे ।

Advertisement

हल्दिवारी स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले कोरोना संक्रमणले मृत्यु भएको कुरा पुष्टि गर्नु भएको छ । उनका अनुसार मृर्तकको परिवारमा अझै १ बालक सहित ५ जनामा कोरोना संक्रमण देखिएता पनि सबैको अवस्था सामान्य रहेको छ

कोरोना संक्रमण शुरुभए एता हल्दिवारीका ४ जना पुरुषको कोरोना संक्रमणले ज्यान गएको छ।

दोस्रो लहरबाट १ हप्ताको बिचमा २ जनाको ज्यान गरेको छ । हल्दिवारीमा कोरोनाको दोस्रो लहर सगै १३० भन्दा बढिमा संक्रमण समेत देखिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article