जलथल । हल्दिवारी गाउँपालिकामा आज थप ७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखाले पुष्टि गरेको छ । आज गरिएको ८ जनाको एन्टिजिन परिक्षणमा ७ जनाको पोजेटिभ देखिएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिनु भएको छ ।

प्रमुख निरौलाका अनुसार कोभिड – १९ को दोस्रो लहर सुरुभए पश्चात् हल्दिवारी गाउँपालिकामा १५९ जनामा कोरोना संक्रमण देखिएको छ भने ३९ जना निको भइ सकेका छ्न ।


त्यस्तै ११५ जना होम आइसोलेसनमा,२ जना अस्पतालको आइसोलेसनमा र ३ जनाको मृत्यु भएको छ ।
हल्दिवारी गाउँ पालिकाको कुन कुन वडामा कस्तो छ संक्रमणको अवस्था हेर्नुस् विवरण सहित :
