समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रधानमन्त्री ओलीकै वकिलले हाले राष्ट्रपतिविरुद्ध सर्वोच्चमा मुद्दा

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीकै कानून व्यवसायीले सर्वोच्च अदालतमा मुद्दा हालेका छन् ।ओलीलाई धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गर्न माग सहित अधिवक्ता राजाराम घिमिरेले रिट हालेका हुन् ।

Advertisement

राष्ट्रपतिलाई विपक्षी बनाएर दायर गरिएको रिट निवेदनमा राष्ट्रपतिको निर्णयलाई गैरसंसदीय,गैरसंवैधानिक र अलोकतान्त्रिक दाबी गरिएको छ । रिटमा प्रतिनिधिसभा विघटन बदर गर्न पनि माग गरिएको छ ।

Advertisement

अधिवक्ता घिमिरेले यसअघि पुस ५ गते भएको संसद् विघटनको मुद्दामा प्रधानमन्त्रीका तर्फबाट बहस गरेका थिए । आजै ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै थप दुई वटा रिट परेको बुझिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article