कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नायक सुशान्त सिंह राजपुतको मृ त्यूले लियो नयाँ मोड, फ्ल्याटमा संगै बस्दै आएका साथी सिद्धार्थ पिठानी एनसीबीको टोलीद्धारा गिरफ्तार

बलिउडका उदाउदा तारा दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको साथी सिद्धार्थ पिठानीलाई नारकोटिक्स कन्ट्रोलब्युरो एनसीबीले गिरफ्तार गरेको छ । ड्रग्सको केसमा उनलाई गिरफ्तार गरिएको हो । उनको गरिफ्तारी हैदराबादमा भएको हो ।

Advertisement

एनसीबीको एउटा टिमले उनलाई हैदराबाद बाट मुम्बई ल्याउँदैछ । उनलाई मुम्बईमा सोधपुछ गरिने छ । ड्रग्स केसको आरोपमा सिद्धार्थ पिठानी बिरुद्ध धारा २८,२९ र २७ प्रयोग हुने बताइएको छ ।

Advertisement

सिद्धार्थ पिठानी सुशांत सिंह राजपुत संगै एउटै फ्ल्याटमा रहदै आएका थिए । उनै सिद्धार्थले सुशांतको श व पहिलो पटक देखेका थिए । सुशान्तको १४ जुन २०२० मा निकन भएको थियो । उनले आफ्नै फ्ल्याटमा झुण्डिएर आत्म ह त्या गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article