स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कोरोना संक्रमणबाट ९ हजार ८४१ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो केहि दिनयता कोरोना संक्रमणबाट निको हुनेको दर बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ६ हजार ९५१ संक्रमित थपिँदा ९ हजार ८४१ संक्रमणमुक्त भएका छन् ।

Advertisement

शुक्रबार थप ९६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ।यस दिन कुल २० हजार ११० जनाको नमुना परीक्षण गरिएको थियो। जसमध्ये पिसिआर १९ हजार ३१३ र एन्टिजेन परीक्षण ७ सय ९७ जनाको गरिएको थियो।

Advertisement

पछिल्ला दिनमा निको हुनेको दर बढ्दै गएको छ। मन्त्रालयका अनुसार हाल निको हुनेको दर ७८.१ प्रतिशत रहेको छ। हालसम्म ५ लाख ४९ हजार १११ जनामा कोरोना संक्रमण देखिएको छ भने ४ लाख २८ हजार ६७० जना निको भएका छन्। हाल देशभर १ लाख १३ हजार ३९४ जना सक्रिय संक्रमित छन्। काठमाडौँ उपत्यकामा २ हजार ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ७ सय ९६ जना, भक्तपुरमा २१३ जना र ललितपुरमा ३१५ जना कोरोना संक्रमित भेटिएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article