हल्दिवारी -४ का अन्दाजी ५५ बर्षिय एक पुरुषको कोरोना संक्रमणबाट हिजो राती ११.३० मा मृत्यु भएको छ । हल्दिवारी स्वास्थ्य शाखा प्रमुख तथा कोभिड -१९ फोकल पर्सन पुष्कर निरौलाले दिएको जानकारी अनुसार यहि जेठ ९ गते कोरोना पोजेटिभ देखिएका उनिको गएराती मेची प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

हल्दिवारी ४ स्थित मंगल बारे बजारमा पानपसल गरेर बसेका उनी कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बसेर उपचार गराई रहेका थिए ।

स्वास्थ्य शाखा प्रमुख निरौलाका अनुसार हल्दिवारी १ का २ जना र ४ का २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनका अनुसार १८० भन्दा बढी संक्रमीत भएको हल्दिवारीमा ७० जना निको भइ सकेका छ्न भने ५ जना अस्पतालमा उपचाररत रहेका छ्न ।
