समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार पुग्यो

सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ ।

Advertisement

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८ र ७९ को बजेट मार्फत ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्‍याएको र सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको जानकारी दिए ।

Advertisement

सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरेको उनले बताए । बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ ।

यसअघि सरकारले आर्थिक वर्ष २०७६ र ७७ को बजेटले वृद्धभत्ता ३ हजार पुर्‍याएको थियो । त्यसअगाडि मासिक २ हजार रुपैयाँ भत्ता रहेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article