हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

गीत: घुम्न आउ मेरो देश

  • राज कुमार कार्की
    दुई ढुङ्गा बीचको तरुल मेरो देश।
  • राजनीति हेर आज कति छ त बेस।।

मेरो देशको कति स्वच्छ छ हावापानी l
मानव बस्ती छन् यहाँ हेर कति ज्ञानी।।

Advertisement

हिमाल हेर मोती झै छ टलल टल्केको।
बहुजातीय भाषी फूलबारी झल्केको।।

Advertisement

पहाड हेर वन लहरा जडिबुटी टन्न।
तराई हेर सुन जस्तै बाली छन् अन्न।।

चारजात छत्तीस बर्णको फूलबारी।
आउ घुम्न यहाँ भएर वन विहारी।।

खोलानाला वन बीचैमा छन् हाम्रा गाउँ।
हाम्रो देशको व्यवस्था हेर्न यहाँ आउ।।

सुनी डाँफे मुनाल र कोइलीकै स्वर।
हुन्न तिमीलाई जति बसे पनि बोर।।

स्वागत गर्न आतुर छन् है गाउँ बस्ती।
आउ सगै बसौ रमाएर यहाँ मस्ती।।
धन्यवाद ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)