समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीमा आज एकैदिन थपिए २९ जना कोरोना संक्रमीत , संक्रमितको संख्या २१० नाघ्यो !

विस्णुकुमारी घिमिरे – हल्दिवारी ,झापा । झापाको हल्दिवारी गाउँपालिका कोरोना संक्रमणको हटपोट बनेको छ । आज एकैदिन २९ जना कोरोनाका नयाँ संक्रमीत थपिएको हल्दिवारी गाउँपालिका प्रमुख पुष्कर निरौलाले जानकारी दिनु भएको छ ।

Advertisement

उनका अनुसार एन्टीजिन टेस्टमा १३ जना र PCR टेस्टमा १६ जनाको कोरोना पोजेटिभ आएको हो । आज थपिएका २९ सहित हल्दिवारीमा कोरोना संक्रमण हुनेको संख्या २११ पुगेको छ ।त्यस्तै होम आइसोलेसनमा १०८ जना छ्न भने ९० जना कोरोना संक्रमण मुक्त भएका छ्न ।

Advertisement

स्वास्थ्य प्रमुख निरौलाका अनुसार गाउँपालिकाको आइसोलेसनमा ४ जना तथा विभिन्न अस्पतालमा ५ जना उपचाररत रहेका छ्न भने ४ जनाको ज्यान समेत गएको छ ।

नेपालमै आफ्ना नागरिकलाई कोरोना टेस्ट निशुल्क गर्ने हल्दिवारी गाउँपालिका पहिलो हो । आफ्ना नागरिकको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै कोरोनासंक्रमितहरुलाई पोसिलो खानेकुरा समेत बितरण गर्दै आएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article