हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीमा २४ घण्टामा १५ जना संक्रमीत थपिए : यहाँका २५ बालबालिका पनि संक्रमीत

हल्दिवारी गाउँपालिकामा २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमीत थपिएको स्वस्थ्य शाखाले पुष्टि गरेको छ । स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाका अनुसार एन्टिजिन टेस्टमा ८ जना र पिसिआर टेस्टमा ७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
उनका अनुसार दोस्रो लहर शुरुभए यता २५ बालबालिका सहित २३० जनामा कोरोना टेस्ट पोजेटिभ पुष्टि भएको छ । त्यस्तै कोरोना संक्रमणका कारण ४ जनाको ज्यान गएको छ भने १२० जना कोरोना मुक्त भएका छ्न । स्वास्थ्य शाखा प्रमुख निरौलाका अनुसार ४ जना विभिन्न अस्पतालमा उपचाररत छ्न भने ४ जना गाउँपालिकाको आइसोलेसनमा र ९८ जना होम आइसोलेसनमा रहेका छन ।
स्वास्थ्य शाखा प्रमुख निरौलाका अनुसार भोलिदेखी औषधि पसल ,धान मकै तोरि मिल , खाद्यान्न ,तरकारी पसल संचालन गरिरहेका व्यक्ती चिया फ्याक्ट्री तथा उधोग भित्र काम गरिरहेका मजदुर ,कोरोना संक्रमण देखिएको परिवार तथा छिमेकी साथै लक्ष्यण देखिएका सबैको वडा स्तरमा एन्टिजिन टेस्ट गरिने भएको छ ।
यस्तो छ परिक्षणको वडा स्तरीय तालिका :
  • १९ गते बुधबार वडा नम्बर १ को स्वास्थ्य चौकी,गोलधाप
  • २० गते बिहीवार वडा नम्बर २ को स्वास्थ्य चौकी ,कालिमन्दिर
  • २१ गते शुक्रवार वडा नम्बर ३ को स्वास्थ्य चौकी ,ढ्डुवा बजार
  • २३ गते आइतबार वडा नम्बर २ को स्वास्थ्य चौकी ,कालिमन्दिर
  • २ ४ गते सोमबार वडा नम्बर ५ को कार्यालय ,कन्चनश्री बजार
  • २५ गते मंगल बार वडा नम्बर २ को स्वास्थ्य चौकी,कालिमन्दिर
  • २६ गते बुधबार वडा नम्बर ४ को स्वास्थ्य चौकी ,बडाबारी
स्थानीय प्रहरी ,स्वास्थ्य कर्मी ,जनप्रतिनिधि संग समन्वय गरि परिक्षणमा सहभागी हुन पनि स्वास्थ्य शाखाले सबैमा आह्वान गरेको छ।
Aa
 
  •  

    Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)