समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीको मंगलबारे बजारमा बहुउद्देश्यीय भवन बनाउन ३० लाख अनुदान सहयोग प्राप्त

  विस्णुकुमारी घिमिरे –  झापा । हल्दिवारी गाउँपालिका -४ मंगल बारे बजार र वडा नम्बर ३ मा रहेको लक्ष्मी मावीलाई ६५ लाखको भवन निर्माण सहयोग प्राप्त हुने भएको छ ।

Advertisement

गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरिको प्रत्यक्ष पहलमा नेपाल सरकारको तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत मंगल बारे बजारमा बहुउद्देश्यीय व्यापारी भवन बनाउन रु ३० लाख तथा लक्ष्मी माविमा थप भवन निर्माण गर्न रु ३५ लाख अनुदान सहयोग प्राप्त हुने भएको छ ।

Advertisement

उपाध्यक्ष गिरिकै प्रत्यक्ष पहलमा नेपाल सरकारको समपुरक अनुदानबाट वडा नम्बर ३ को मेजर्नी चोक ,कन्टरघुटुबाट दलित बस्ती हुँदै रामहरि चोक जोड्ने बाटोलाई १ करोड १० लाख बजेट प्राप्त भएको छ ।

त्यस्तै उपाध्यक्ष गिरिको सक्रियतामा बिशेश अनुदान मार्फत भुसुडी र भुतेनी खोला सिचाइ आयोजनालाई १ करोड ६६ लाख सहयोग प्राप्त भएको छ ।

हल्दिवारी गाउँपालिका उपाध्यक्ष गिरिको सक्रियतामा केन्द्रिय सरकार र प्रदेश सरकार मार्फत हल्दिवारी गाउँपालिकामा ३ बर्षको अवधिमा ३० करोड भन्दा बडिको बजेट भित्र्याउन सफल भएका छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article