हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

स्वास्थ्यकर्मीको चरित्रह त्या गर्ने २४ वर्षीय सौरभ समातिए

पर्सा, १९ जेठ-स्वास्थ्यकर्मीको चरित्रह त्या गर्ने तथा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर गरेको अभियोगमा वीरगंज महानगरपालिका-१० घडिअर्वा बस्ने २४ वर्षीय सौरभ साहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

वीरगंज नगरक्षेत्रमा रहेका विभिन्न अस्पताल, कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि आफ्नो फेसबुक पेज तथा फेसबुक मेसेन्जर समेतबाट पटक(पटक आपत्तिजनक शब्दहरूको प्रयोग गरी अनर्गल आरोप लगाई व्यक्तिको चरित्रहत्या गर्ने, धम्क्याउने लगायतका क्रियाकलाप गरेको भन्ने जाहेरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Advertisement

उनी उपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताबिरूद्धको कसूरमा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)