हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीमा बृहत् रक्तदान कार्यक्रम आयोजना

झापामा रगतको अभाव भएपछि प्रेस क्लब हल्दिवारीको समन्वयमा यहि जेठ २२ गते सनिवारका दिन रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
कोभिड – १९ को दोस्रो लहर संगै झापा लगायत देसै भरी रगतको अभाव रहेको केन्द्रिय रक्त सञ्चार केन्द्रले जनाएको छ । यता झापामा पनि रगतको मौज्दात शन्यू अवस्था पुगेपछि प्रेस क्लब हल्दिवारीको समन्वयमा रक्तदान कार्यक्रम राखिएको क्लबले जनाएको छ ।
कोरोना संक्रमीत बिरामी देखि क्यान्सर ,मृगौला रोगी ,सुत्केरी महिला ,रक्त अल्पता भएका बिरामी ,थास्समियाका बिरामीलाई रगत आवस्यक पर्ने भएकोले सबै हल्दिवारीका राजनैतिक दल ,संघसंगठन, लगायतलाई रक्तदान कार्यक्रममा सहभागी भइ रक्तदान गरिदिन क्लबले सार्वजनिक आह्वान समेत गरेको छ ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)