हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

झापामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो, हप्तामा २ दिन ३ घण्टा खाद्यान्नका पसल खोल्न पाइने

झापामा निषेधाज्ञा जेठ मसान्त अर्थात ३१ गतेसम्म थपिएको छ । यसअघिको निषेधाज्ञा आज रातिदेखि सकिने भएकाले यो महिनाभर थप्ने तयारी भएको हो । झापामा बैशाख २२ गतेदेखि शुरु भएको निषेधाज्ञा एक महिना पुगेको छ ।

Advertisement

अहिले जिल्ला प्रशासन कार्यालयमा जिल्ला कोभिड व्यवस्थापन समिति ९डीसीसीएमसी० को बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । खाद्यान्न पसल हप्तामा २ दिन विहान ६ वजेदेखि ९ वजेसम्म खोल्ने दिने सहमति भएको छ ।

Advertisement

आजको डीसीसीएमसीको बैठकमा जिल्लामा रहेका राजनीतिक दलका प्रमुख, पालिका प्रमुखलाई पनि आमन्त्रण गरिएको थियो । आजको बैठकलाई विस्तारित बैठक बनाइएको थियो । झापामा कोरोना भाइरसको संक्रमणको दर उच्च रहेको छ ।यो समाचार रेडियो भिजनबाट

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)