हल्दिवारी ,झापा । प्रेस क्लब हल्दिवारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कोभिड-१९ को जोखिम संगै झापाका ब्लड बैकहरुमा रगतको अभाव भएपछि प्रेस क्लब हल्दिवारीको आयोजनामा भएको रक्तदान कार्यक्रममा झापा क्षेत्र नम्बर ३ का पुर्व संघीय संसद राजेन्द्र लिङ्गदेन सहित ३० जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो ।

हल्दिवारी गाउँपालिका ४ स्थित मंगलबारे बजारमा रहेको क्लबको कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममालाई सफल पार्न युवा व्यवसायी सुमन मैनाली ,कुमार कार्की र मेची पोल्ट्री प्रालिबाट रक्तदातालाई आवश्यक फलफूल ,पेयपदार्थ ,पानी आण्डा सहयोगप्राप्त भएको थियोे ।
झापामा रगतको अभाव भएको यस अवस्थामा रक्तदान कार्यक्रममा सहभागी भएन रक्तदान गर्नुहुने रक्तदाता तथा सहयोग दातालाई प्रेस क्लब हल्दिवारीका अध्यक्ष नेत्र बिक्रम बिमलिले धन्यवाद दिदै आभार व्यक्त गर्नु भएको थियो ।
रक्तदान कार्यक्रममा सहभागी रक्तदाता महानुभावहरुको नामावली यस प्रकार रहेको छ ।
१. राजेन्द्र लिङ्गदेन २ . कृष्ण प्रसाद प्रसाईं ३. पारसमणि तिम्सिना ४. सरोज मैनाली ५. नेत्र प्रसाद खनाल ६. सन्तोष कुमार मेचे ७. अमन मेचे ८. मोहन प्रसाद ढुंगाना ९. बिस्णु प्रसाद खरेल १०. कमल ढुंगाना ११. शम्भु निरौला १२. प्रविन बेडारी १३. रमेश न्यौपाने १४. डिक बहादुर पौडेल १५. गोपाल काफ्ले १६. अर्जुन भट्टराई १७. राज किशोर शाह १८. आकास राजवन्सी १९. रन्जित शाह २०. जगत राजवन्सी २१. रेवती प्रसाद ढुंगाना २२. दिपेन्द्र पराजुली २३. प्रलाद सिलवाल २४. हैकम घिसिङ २५. याम दङ्गाल सरोवर २६. भक्ती प्रसाद सिवाकोटी २७. दिपेस ढकाल २८. पिताम्बर अधिकारी २९. रुद्र मैनाली ३०. चित्रकला थापा मैनाली