बिस्णुकुमारी घिमिरे – हल्दिवारी ,झापा । झापाको हल्दिवारीमा २४ घण्टामा थप ९ जना कोरोना संक्रमीत थपिएको स्वास्थ्य शाखाले पुष्टि गरेको छ ।

हल्दिवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तथा कोभिड -१९ फोकल पर्सन पुष्कर निरौलाले दिएको जानकारी अनुसार २८६ जना कोरोना संक्रमीत मध्य १४२ जना अझै सक्रिय संक्रमीत रहेका छ्न ।


उनका अनुसार १३२ जना संक्रमीत होम आइसोलेसनमा ,७ जना विभिन्न अस्पतालमा र ३ जना गाउँपालिकाको आइसोलेसनमा रहेर उपचाररत रहनु भएको छ ।
त्यस्तै संक्रमीत मध्य १४० जना निको भइ सकेका छ्न भने संक्रमणका कारण ४ जनाको ज्यान समेत गएको छ ।
हल्दिवारी गाउँपालिका भित्रका ३० बालबालिका समेत कोरोना संक्रमणको सिकार भएका छ्न ।