स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीमा कोरोना संक्रमितको संख्या ३०० नाघ्यो , ३० बालबालिका पनि संक्रमीत

हेमन्त मैनाली – हल्दिवारी ,२४ जेठ । हल्दिवारी गाउँपालिकामा आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिनु भएको छ ।
स्वास्थ्य प्रमुख निरौलाका अनुसार आज थपिएका संक्रमीत मध्ये १२ जना वडा नम्बर ५ का छ्न । त्यस्तै वडा नम्बर २ का २ जना र वडा नम्बर ३ का एक जना रहेका छन ।
उनका अनुसार आज वडा नम्बर ५ का ३९ जनाको एन्टिजिन टेस्ट गर्दा १२ जनाको कोरोना पोजेटिभ देखिएको हो भने वडा नम्बर २ का २ जना र ३ का एक जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।
हल्दिवारीमा आज थपिएका१५ सहित कोरोना संक्रमितको संख्या ३०१ पुगेको छ भने ती मध्ये ३० बालबालिका रहेका छ्न  l
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article