साहित्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

साधुलाई शुली चोरलाई दरबार !

                                                                      – रमेश तुफान पण्डित

Advertisement

पत्याउनु हुन्छ ?
राउटे स्वयं शिकार हुन्छन् यहाँ
जंगलका राउटे लज पुर्याईन्छ
भगिरथीहरू जंगल पुर्याईन्छ
अनि गर्भमै रहन्छन् निर्मलाका हत्याराहरू
मरेर पनि न्याय पाउँदैनन् मदन आश्रितहरू
रहस्यमै रहन्छन् दरबार हत्याकाण्डहरू
अनि कहाँ बच्न सक्छन् सम्झनाहरू
मेरो देशको पैत्रिक सम्पदा राउटे
जंगली राजकुमारी सम्झना,
कठ्ठै अब सिध्यिए ती निर्दोष मुस्कानहरू
रातारात अस्लिल सिनेमाका नायिका बन्न पुगिन
अब जंगल बाहिर सायदै आउने छैनन्
कथित मिडियाहरूमाअब भाईरल हुने छैनन्
जिउँदै शिकार बनाए पिपासुहरूले
यो शतीले सरापेको देश हो
देशकै पहिलो प्रधानमन्त्री
भिमसेन थापाकी शतीले सरापिन्
भिम मल्लकी शतीले सरापिन्
साधुलाई शुली चोरलाई दरबार पुर्याउने देश हो यो
बच्नै गार्‍हो छ, पाईला पाईलामा
अश्मिताका शिकारीहरूदेखि,
ऐतिहासिक शाही सँस्कार हो यो धन्दा
कसैको निजी जिन्दगी वा उन्मुक्त जवानी
देख्न सक्दैनथ्यो दरबार
लुट्न चाहन्थ्यो अस्मिता
रोक्न चाहन्थ्यो प्रगति
कुनै बेला दरबारबाट हेलिकप्टर
सिधै हेलम्बु पुग्थ्यो
हेलम्बुबाट सिधै बम्बई
बादीहरूले नाङ्गै सिंह दरबार नचढेको भए
अझै कति मन्त्री पुत्रहरू थपिन्थे यो देशमा
पत्याउनु हुन्छ हाम्रो नश्लमा
शिकार हुनेहरू भन्दा शिकारी धेरै छन्
कथित लब्ध प्रतिष्ठित शिकारी छन्
सावधान ! यो शिकार चलिरहेको छ
घरभित्र घरबाहिर, देशभित्र देशबाहिर
अस्तु जेठ २६, २०७८

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article