हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपाली कांग्रेस पार्टी महाधिवेश भदौमै हुन्छ :सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी भदौमै पार्टीको महाधिवेशन हुने बताएका छन् ।बुधबार एक वक्तव्य जारी गर्दै कोरोना महामारीको बीच अर्थात भदौँमै पार्टीको महाधिवेशन गर्ने बताएका छन् ।

Advertisement

उनले भनेका छन्, ‘यस विषम परिस्थितिमा पनि हामीले भाद्र महिनाभित्र पार्टीको चौँधौँ महाधिवेशन सम्पन्न गर्नुपरेको छ । म देशभरका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु–२०७८ साल भाद्र महिनामा पार्टीको हुन्छ ।’

Advertisement

पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान रहेको पनि उनले भनेका छन् । साथै, पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा आफूले राम्ररी बुझेको पनि वक्तव्यमा भनेका छन् ।

सभापति देउवाले महाधिवेशन गर्न आफू पूर्ण प्रतिवद्ध रहेको भन्दै भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । भदौमा तोकिएको महाधिवेशन हुने कि नहुने भन्ने अन्योल भइरहेका बेला देउवाले जसरी पनि महाधिवेशन गर्ने प्रतिवद्धता जनाएकाछन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)