झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर ५ कन्चश्री बस्ने ७१ बर्षिय बृद्धाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले दिएको जानकारी अनुसार राई थरकी बृद्धा आमाको मेची प्रादेशिक अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।
हल्दिवारीमा कोरोना संक्रमणका कारण उनी सहित ६ जनाको मृत्यु भएको छ भने अझै १४० भन्दा बढी सक्रिय संक्रमितहरु रहेका छ्न ।
