हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारी २ मा रहेको जनता आवास भवनलाई आकस्मिक अस्पताल बनाउन एमालेको माग

हल्दिवारी ,२७ जेठ । नेकपा (एमाले ) हल्दिवारी गाउँ कमिटीले तत्काल आकस्मिक अस्पताल शुरु गर्न हल्दिवारी गाउँपालिकालाई माग गरेको छ ।
कोभिड -१९ को महामारीले यहाँका जनताको स्वास्थ उपचारमा ठुलो प्रवाभ परिरहेको यस विषम परिस्थितिमा तत्काल हल्दिवारी २ मा निर्माण भएका जनता आवासका लागि बनिएका १३ वटा भवनलाई विमा कार्यक्रम सहितको आकस्मिक अस्पताल संचालन गरि जनताको स्वास्थ उपचारमा ख्याल गर्न एमालेले गाउँपालिकालाई ध्यानाकर्षण गरेको एमाले सचीव महेसलाल मेचेले बताएका छ्न ।
तराई मधेस समृद्धि कार्यक्रम मार्फत हल्दिवारी २ मा १३ वटा आवासहरु निर्माण भएर तयारी अवस्थामा रहेका छ्न । हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्ग्देन ,उपाध्यक्ष डम्बरबहादुर गिरि र प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहाललाई ध्यानाकर्षण पत्र गाउँपालिका कार्यालयमै बुझाएको एमाले जनाएको छ।
एमाले पाटिका इन्चार्ज नरेस चुडाल ,अध्यक्ष हरि गौतम सहितको टोलिले उनीहरुको कार्यकक्षमा ध्यानाकर्षण पत्र बुझाएका हुन ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)