हल्दिवारी ,२८ जेठ । हल्दिवारी गाउँपालिका हिजो १२ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणको उच्च जोखिममा रहेको हल्दिवारी गाउँपालिकामा कोरोना टेस्ट ७४५ जनाको गर्दा ३२१ जनामा संक्रमण देखिएको स्वास्थ्य शाखाले पुष्टि गरेको छ ।

बालबालिका सहित १०२ जना महिला ,१८३ जना पुरुषले पिसिआर टेस्ट गरिएको छ भने १७३ महिला र २८७ जना पुरुषको एन्टिजेन टेस्ट हाल सम्म गरिएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताउनु भएको छ । त्यस्तै कोरोना संक्रमीत १३३ महिला र १८८ पुरुष , निको हुनेमा ८२ महिला १०९ पुरुष ,सक्रिय संक्रमीत होम आइसोलेसनमा ४७ महिला र ६६ पुरुष रहेको निरौलाले जानकारी दिनु भएको छ ।

प्रमुख निरौलाका अनुसार विभिन्न अस्पतालमा ५ जनाको उपचार भइ रहेको छ भने गाउँपालिकाको आइसोलेसनमा ७ जनाको उपचार भइ रहेको छ । कोरोना संक्रमणकै कारण हल्दिवारी गाउँपालिकामा १ महिला सहित ६ जनाको मृत्यु भएको छ ।
त्यस्तै नेपाल सरकारले लगाउन शुरु गरेको ६२-६४ बर्ष का महिला पुरुषलाई लगाउने भेरोसिस खोप हल्दिवारीमा ३९० जनाले लगाएका छ्न ।
